• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई दोस्रो सफलता, अर्धशत बनाएका जोनसनलाई भुर्तेलले आउट पारे ★   नेपालविरुद्ध जोनसनको अर्धशतक ★   जोखिम नमोली परिणाम प्राप्त हुँदैन: अर्थमन्त्री पुन ★   अब पहुँचको भरमा माफी मिनाहा हुँदैन: गृहमन्त्री लामिछाने ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता ★   समृद्ध नेपाल निर्माण गर्ने महाअभियान शुरु भएको छ: मन्त्री शर्मा ★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै ★   मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल

पाकिस्तान चुनाव अपडेटः इमरानका समर्थकले सबैभन्दा बढी ९८ सिट जिते



एजेन्सी । पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको मतदान सकिएपछि नतिजा आउँदैछ । निर्वाचन आयोगले १८ घण्टा ढिलो गरी नतिजाको औपचारिक घोषणा गर्न थालेको हो ।

यसैबीच पाकिस्तानको खैबर पख्तुनख्वालगायत धेरै प्रान्तमा हिंसा फैलिएको छ । जेलमा रहेका इमरानको पीटीआई र बिलावलको पीपीपीले धेरै सिटमा धाँधली गरेको आरोप लगाइएको छ ।

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एउटा सिटको निर्वाचन स्थगित भएको छ । बाँकी सिट आरक्षित छन् । सरकार बनाउन १३४ सिटमा बहुमत चाहिन्छ । पाकिस्तानमा मुख्यतया ३ दलबीच प्रतिस्पर्धा छ । जसमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन), पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई), र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पर्छन् ।

नेशनल एसेम्ब्ली ः जम्मा सिट २६६, बहुमत –१३४
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) समर्थक – ९८ सिट
पाकिस्तान मुस्लिम लिग – ६९
पाकिस्तान पिपुल्स पार्टी – ५१
(१ बजसम्मको नतिजा)