८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान चुनाव अपडेटः इमरानका समर्थकले सबैभन्दा बढी ९८ सिट जिते



अ+ अ-

एजेन्सी । पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको मतदान सकिएपछि नतिजा आउँदैछ । निर्वाचन आयोगले १८ घण्टा ढिलो गरी नतिजाको औपचारिक घोषणा गर्न थालेको हो ।

यसैबीच पाकिस्तानको खैबर पख्तुनख्वालगायत धेरै प्रान्तमा हिंसा फैलिएको छ । जेलमा रहेका इमरानको पीटीआई र बिलावलको पीपीपीले धेरै सिटमा धाँधली गरेको आरोप लगाइएको छ ।

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एउटा सिटको निर्वाचन स्थगित भएको छ । बाँकी सिट आरक्षित छन् । सरकार बनाउन १३४ सिटमा बहुमत चाहिन्छ । पाकिस्तानमा मुख्यतया ३ दलबीच प्रतिस्पर्धा छ । जसमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन), पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई), र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पर्छन् ।

नेशनल एसेम्ब्ली ः जम्मा सिट २६६, बहुमत –१३४
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) समर्थक – ९८ सिट
पाकिस्तान मुस्लिम लिग – ६९
पाकिस्तान पिपुल्स पार्टी – ५१
(१ बजसम्मको नतिजा)