• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

दोश्रोपटक ओलीलाई दलको नेताबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय गरेको छ। 

बुधबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले दलको नेता, उपनेता र सचेतक हटाउने निर्णय गरेको हो ।  

आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो। 

यस अघि पनि प्रचण्ड–नेपाल समूहले  माईतिघर स्थित कार्की बैकेटमा बसेको बैठकले ओलीलाई संसदीयदलको नेता बाट हटाउने निर्णय गर्दे  पुष्पकमल दाहाललाई  दलको नेता चयन गरेको थियो ।