२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव



अ+ अ-

काठमाडौँ । निर्यात व्यवसायीहरुले मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रवार नेपाल हस्तकला महासंघले सदस्य वस्तुगत संघहरु नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरुकोे सम्मानमा आयोजना गरेको कार्यक्रममा निर्यात व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले व्यापार घाटा घटाउनुपर्छ भन्दै आएपनि निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरु भित्रि मनबाट नगरेको आरोप लगाउनु भयो । अब व्यापार घाटा घटाउनका लागि ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन जरुरी रहेको बताउनु भयो । उहाँले निर्यात गर्ने उद्योगीहरुका लागि छुट्टै संस्था वा विभाग नभएका कारण समस्या भइरहेको पनि बताउनु भयो ।

कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले ४२ विधामा १२ अर्ब बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताउनु भयो । निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरुले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेका पनि बताउनु भयो ।

मुलुकभर करिव १० देखि ११ लाख हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् । कार्यक्रममा फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नव निर्वाचित अध्यक्ष रुद्रप्रसाद न्यौपानेले फुटवेयर लगायत छाला तथा छालाजन्य वस्तुहरुमा गर्नसक्ने काम फरक ढङ्गबाट शुरु गर्ने बताउनु भयो ।