२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको ‘चमत्कारिक’ उद्धार



अ+ अ-

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ ।

वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये उद्धार गरिएकी बालिकाको उमेर खुलाइएको छैन ।

दक्षिणी मिन्डानाओ टापुको मसारा गाउँमा उद्धारकर्मीहरूले आफ्नो खाली हात र बेल्चाप्रयोग गरेर बाँचेकाहरूको खोजी गरिरहेको अवस्थामा उनी फेला परेको डाभाओ डी ओरो प्रान्तका विपद् निकायका अधिकारी एडवर्ड म्याकापिलीले एएफपीलाई बताउनुभयो । “यो एक चमत्कार हो”, मकापिलीले भन्नुभयो, “यसले उद्धारकर्ताहरूलाई आशा जगाएको छ ।

बच्चाको लचिलोपन सामान्यतया वयस्कहरूको तुलनामा कम हुन्छ, तैपनि बच्चा बाँचेको छ ।”

खोजीकर्ताहरूले हराएका बाँकी व्यक्तिहरू जीवित भेटिने आशा निकै कम रहेको बताएका छन् ।

एक उद्धारकर्मीले रोइरहेको, माटोले पोतिएको बच्चालाई काखमा लिएर गएको भिडियो फेसबुकमा शेयर गरिएको छ ।

म्याकापिलीले भन्नुभयो, “सामाजिक सञ्जालको पोस्टमा बच्चालाई कुनै पनि चोटपटक नलागेको अवस्थामा देखिन्छ ।”

बालिकालाई स्वास्थ्य परीक्षणका लागि लैजानुअघि उनका पिताले बच्चालाई भेटेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

मङ्गलबार राति आएको पहिरोले घरहरू भत्कनुका साथै सुनखानीबाट कामदार लिन पर्खिरहेका तीन वटा बस र जीपसमेत जलेका थिए ।

घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् भने एक सयभन्दा बढी अझै हराइरहेका सरकारी अधिकारीहरूले बताएका छन् ।

शुक्रबार यस क्षेत्रमा वर्षा भएपछि खोजीकर्ताहरूले समय र मौसमसँग जुध्दै बाक्लो हिलोमा अरू कोही पनि जीवित फेला पार्ने आशामा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।

उद्धारकर्ताहरूले ठाउँठाउँमा गह्रौं माटो सार्ने उपकरणहरू प्रयोग गरिरहेका छन् तर तिनीहरूले आफ्नो नाङ्गो हात र बेल्चाको भरमा दर्जनौँ व्यक्तिलाई सकुशल र १५ जनालाई मृत अवस्थामा पहिरोबाट बाहिर निकालेका छन् ।

माटो र भग्नावशेषमा पुरिएकाहरू पत्ता लगाउन खोजी कुकुरको पनि प्रयोग गरिएको छ ।

मिन्दानाओको केही भागमा हप्तौंदेखि परेको वर्षाका कारण दर्जनौँ पहिरो र बाढीका कारण दशौँ हजार मानिस आपतकालीन आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।

हालैका महिनाहरूमा आएको विनाशकारी भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ ।

थप पहिरो जाने डरले मसरा र आसपासका चार गाउँका सयौं परिवारले आफ्नो घर छोडेर आपतकालीन केन्द्रमा आश्रय लिनुपरेको छ ।

नगरपालिकाभरका विद्यालयले पठनपाठन बन्द गरेका छन् ।

सन् २००७ र २००८ मा गएको पहिरोपछि पहिरो प्रभावित क्षेत्रलाई ‘नो बिल्ड जोन’ घोषणा गरिएको तर गाउलेहले आफ्नो जन्मथलो छोड्न नमान्दा पहिरोबाट पिडित हुनुपरेको मकापिलीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उनीहरूलाई सार्न गरेको आग्रहलाई मानेको भए दुर्घटना हुने थिएन ।”