२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको ‘चमत्कारिक’ उद्धार



अ+ अ-

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ ।

वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये उद्धार गरिएकी बालिकाको उमेर खुलाइएको छैन ।

दक्षिणी मिन्डानाओ टापुको मसारा गाउँमा उद्धारकर्मीहरूले आफ्नो खाली हात र बेल्चाप्रयोग गरेर बाँचेकाहरूको खोजी गरिरहेको अवस्थामा उनी फेला परेको डाभाओ डी ओरो प्रान्तका विपद् निकायका अधिकारी एडवर्ड म्याकापिलीले एएफपीलाई बताउनुभयो । “यो एक चमत्कार हो”, मकापिलीले भन्नुभयो, “यसले उद्धारकर्ताहरूलाई आशा जगाएको छ ।

बच्चाको लचिलोपन सामान्यतया वयस्कहरूको तुलनामा कम हुन्छ, तैपनि बच्चा बाँचेको छ ।”

खोजीकर्ताहरूले हराएका बाँकी व्यक्तिहरू जीवित भेटिने आशा निकै कम रहेको बताएका छन् ।

एक उद्धारकर्मीले रोइरहेको, माटोले पोतिएको बच्चालाई काखमा लिएर गएको भिडियो फेसबुकमा शेयर गरिएको छ ।

म्याकापिलीले भन्नुभयो, “सामाजिक सञ्जालको पोस्टमा बच्चालाई कुनै पनि चोटपटक नलागेको अवस्थामा देखिन्छ ।”

बालिकालाई स्वास्थ्य परीक्षणका लागि लैजानुअघि उनका पिताले बच्चालाई भेटेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

मङ्गलबार राति आएको पहिरोले घरहरू भत्कनुका साथै सुनखानीबाट कामदार लिन पर्खिरहेका तीन वटा बस र जीपसमेत जलेका थिए ।

घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् भने एक सयभन्दा बढी अझै हराइरहेका सरकारी अधिकारीहरूले बताएका छन् ।

शुक्रबार यस क्षेत्रमा वर्षा भएपछि खोजीकर्ताहरूले समय र मौसमसँग जुध्दै बाक्लो हिलोमा अरू कोही पनि जीवित फेला पार्ने आशामा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।

उद्धारकर्ताहरूले ठाउँठाउँमा गह्रौं माटो सार्ने उपकरणहरू प्रयोग गरिरहेका छन् तर तिनीहरूले आफ्नो नाङ्गो हात र बेल्चाको भरमा दर्जनौँ व्यक्तिलाई सकुशल र १५ जनालाई मृत अवस्थामा पहिरोबाट बाहिर निकालेका छन् ।

माटो र भग्नावशेषमा पुरिएकाहरू पत्ता लगाउन खोजी कुकुरको पनि प्रयोग गरिएको छ ।

मिन्दानाओको केही भागमा हप्तौंदेखि परेको वर्षाका कारण दर्जनौँ पहिरो र बाढीका कारण दशौँ हजार मानिस आपतकालीन आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।

हालैका महिनाहरूमा आएको विनाशकारी भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ ।

थप पहिरो जाने डरले मसरा र आसपासका चार गाउँका सयौं परिवारले आफ्नो घर छोडेर आपतकालीन केन्द्रमा आश्रय लिनुपरेको छ ।

नगरपालिकाभरका विद्यालयले पठनपाठन बन्द गरेका छन् ।

सन् २००७ र २००८ मा गएको पहिरोपछि पहिरो प्रभावित क्षेत्रलाई ‘नो बिल्ड जोन’ घोषणा गरिएको तर गाउलेहले आफ्नो जन्मथलो छोड्न नमान्दा पहिरोबाट पिडित हुनुपरेको मकापिलीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उनीहरूलाई सार्न गरेको आग्रहलाई मानेको भए दुर्घटना हुने थिएन ।”