• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती ★   सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला ★   तीन महिनामा मरे तीन पाटेबाघ ★   सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा ★   किसानलाई वरदान बन्यो झोलुङ्गे पुल ★   आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन ★   जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल ★   निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

दयाहाङको ‘दयारानी’ र ‘हात्तीछाप’ एकआपसमा भिड्दै



काठमाडौं । शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राई स्टारर दुई चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । आज दयाहाङको ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएका छन् ।

२०८० मा दयाहाङको आफ्नै फिल्म जुधेको यो दोस्रो पटक हो । वैशाख १ गते उनका दुई फिल्म ‘बिहे पास’ र ‘जारी’ एकसाथ
प्रदर्शन भएको थियो ।

‘दयारानी’मा दम्पतीबीच सन्तानको चाहना र यसले सम्बन्धमा ल्याउने उतारचढावको कथा छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । दिया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय छ । सातभन्दा बढी गुरुङ फिल्म निर्देशन गरेका माओत्सेले यो फिल्मबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल रहेका छन् । यस्तै, फिल्ममा बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारीलगायत कलाकारको अभिनय छ । रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली र प्रोडक्सन हेड सुरज आचार्य हुन् ।

दयाहाङका दुई फिल्मसँगै बलिउड फिल्म ‘तेरी बातो में ऐसा उलझा जिया’ प्रदर्शनमा आएको छ । अमित जोशी र आराधना शाहले निर्देशन गरेको फिल्ममा शाहिद कपूर, कृति सेनन, धर्मेन्द्र, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ ।