१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा राष्ट्रिय हाइकु महोत्सव, रासस अध्यक्ष झा सम्मानित



अ+ अ-

काठमाडौँ । नेपाल हाइकु सङ्घले आज यहाँ राष्ट्रिय हाइकु महोत्सव–२०८० आयोजना गरेको छ । ‘नेपाली हाइकु: नेपाली सुगन्ध’ नाराका साथ नेपाली हाइकु कविता विधाको महत्व र विस्तारको उद्देश्यसाथ उक्त महोत्सवको आयोजन गरेको सङ्घले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा राम्रो हाइकु कविताहरु लेखिएको बताउनुभयो । उहाँले महोत्सवका लागि आयोजकलाई बधाई दिँदै उक्त विधा निकै पहिलेदेखि लेखिँदै आएको बताउनुभयो ।

जापानी कविता विधा हाइकुको लेखन ५–७–५ हरफको महत्वबारे हरिप्रसाद सिल्वालले प्रकाश पार्नुभएको थियो । उहाँले हाइकुको संरचना पक्ष एउटा र शैली–शिल्प तथा अन्तरवस्तु अर्को पक्ष रहेको बताउनुभयो । उहाँले हाइकुमा विम्ब र प्रतीकको सही प्रयोग हुनुपर्ने बताउँदै १७ अक्षरको हाइकुमा पनि कम्तीमा दुई वटा विम्ब र प्रतीकको प्रयोग हुनुपर्ने बताउनुभयो ।

सङ्घले सृजनामा उच्च योगदान पु¥याउनुभएका हाइकु कविहरुलाई सम्मानितसमेत गरेको छ । हाइकु कविहरु अञ्जना पौडेल, अजिता डङ्गोल, पारो तिमिल्सिना, दिव्य गिरी र शानु शर्मा लगायतले हाइकु वाचन गर्नुभयो ।

सङ्घका अध्यक्ष चेतनाथ धमलाले कार्यक्रममा हाइकुको विकास र नेपालमा हाइकुलेखनमाथि विचार राख्नुभएको थियो ।

अध्यक्ष झा सम्मानित

सो कार्यक्रममा हाइकु सृजनामा उच्च योगदान पुर्याउनुभएका कवि एवं राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उत्कृष्ट हाइकु कविको सम्मानले सम्मानित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उहाँलाई सम्मान प्रदान गर्नुभयो ।

अध्यक्ष झाले मैथिली भाषामा ‘धुँआइत आकृतिसभ’ हाइकु सङ्ग्रह प्रकाशित गर्नुभएको छ । यसका साथै उहाँका मैथिली भाषामा तांका सङ्ग्रह, दीर्घ कविता, कविता सङ्ग्रहका साथै अन्य विधाका कृतिहरु पनि प्रकाशित छन् ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष झासहित हाइकु कवि मोहन दुवाल, मधुसुदन गिरी, भीम उदास, धीरेन्द्र प्रेमर्षि, सुरेन्द्र महर्जनलगायतलाई सम्मानित गरियो ।

सम्मानित कविलाई खादा र सम्मानपत्र प्रदान गरिएको थियो । रासस