२६ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना पोजेटिभ भएका मिचेल मार्सले अष्ट्रेलियाको कप्तानी गर्ने, खेलाडीसँग सम्पर्कमा नआउने



अ+ अ-

एजेन्सी । अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० सिरिजअघि अष्ट्रेलियाको समस्या बढेको छ । कंगारु टोलीका कप्तान मिचेल मार्समा कोरोना संक्रमण देखिएको छ ।

कोभिड पोजेटिभ भए पनि मिचेल पहिलो टी–२० खेल खेल्दै देखिनेछन् ।

क्रिकेट अष्ट्रेलियाको प्रोटोकल अनुसार मिचेल मार्सले टोलीको नेतृत्व गर्नेछन् । मार्सलाई छुट्टै ड्रेसिङ रुम दिइनेछ । मिचेलले खेल खेल्नेछन्, तर उनी खेलाडीहरूसँग सम्पर्कमा आउने छैनन् र टाढाबाट खेल्नेछन् ।

अघिल्लो हप्ता, मिचेल मार्सलाई न्यूजिल्याण्ड विरुद्धको टी–२० सिरिजको लागि टोलीको कप्तानी दिइएको थियो । अस्ट्रेलियाले वेस्ट इन्डिज सिरिजमा विश्राम दिएका मिचेल स्टार्क, प्याट कमिन्स, ट्राभिस हेड र स्टिभ स्मिथलाई आफ्नो पूर्ण टोलीमा समावेश गरेको छ ।

अस्ट्रेलिया र वेस्ट इन्डिजबीच भोलि पहिलो खेल हुनेछ ।