२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले २७ ओभरमा तीन विकेट गुमाएर १५० रन बनायो, दबाबमा नेपाल



अ+ अ-

काठमाडौँ । ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा क्यानडाविरुद्ध नेपाल दबाबमा परेको छ । नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले २७ ओभरमा तीन विकेट गुमाएर एक सय ५० रन बनाएको छ ।

क्यानडाका निकोलस किर्तन अविजित ४१ र हर्ष ठाकेर २० रन बनाउँदै क्रिजमा सँघर्षरत छन् । क्यानडालाई जितका लागि अब २३ ओभरमा ७३ रन आवश्यक छ ।

क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजन ढकालले लिएका थिए । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई ६ रनमा आउट गराएका थिए ।

नेपालका तिब्र गतिका बलर सोमपाल कामीले क्यानडाको दोस्रो विकेट झारेका थिए । ओपनर एरोन जोन्सन पाँचौ ओभरको अन्तिम बलमा २० रन बटुल्दै आउट भएका थिए ।

क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।