२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले २७ ओभरमा तीन विकेट गुमाएर १५० रन बनायो, दबाबमा नेपाल



अ+ अ-

काठमाडौँ । ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा क्यानडाविरुद्ध नेपाल दबाबमा परेको छ । नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले २७ ओभरमा तीन विकेट गुमाएर एक सय ५० रन बनाएको छ ।

क्यानडाका निकोलस किर्तन अविजित ४१ र हर्ष ठाकेर २० रन बनाउँदै क्रिजमा सँघर्षरत छन् । क्यानडालाई जितका लागि अब २३ ओभरमा ७३ रन आवश्यक छ ।

क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजन ढकालले लिएका थिए । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई ६ रनमा आउट गराएका थिए ।

नेपालका तिब्र गतिका बलर सोमपाल कामीले क्यानडाको दोस्रो विकेट झारेका थिए । ओपनर एरोन जोन्सन पाँचौ ओभरको अन्तिम बलमा २० रन बटुल्दै आउट भएका थिए ।

क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।