२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेको फाइनलमा ‘बार्सिलोना’



अ+ अ-

बार्सिलोना । बुधबार सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । दस खेलाडीमा सीमित सेभियाविरुद्धको यो जितपछि बार्सिलोना समग्रमा ३–२ ले अगाडि रह्यो ।

बार्सिलोना यसअघि पहिलो लेगमा २–० ले पराजित रहेको थियो । दोस्रो लेगको अतिरिक्त समयमा मार्टिन ब्रेटवाइटले हेडबाट निर्णायक गोल गरे । नाटकीय साबित खेलमा ओसमन डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

निर्धारित समयको इन्जुरी समयमा जेरार्ड पिकले बराबरी गोल गरे । अब बार्सिलोना कीर्तिमानी ३१औं कोपा डेल रे उपाधि जित्ने लक्ष्यमा हुनेछ । त्यसमा उसको प्रतिद्वन्द्वी एटलेटिको बिलबाओ अथवा लेभान्टे हुनेछ ।