१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.65

Wind: 1.54

Humidity: 46

Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण



अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिनुभयो ।

“बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हँुदै आएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।”

भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ । भवन निर्माणका लागि विसं २०७८ माघ २० गते ग्राण्ड–खाम्पाचे एसके जेभी काठमाडौँसँग रु एक करोड ४९ लाख २८ हजार तीन सय ७२ मा ठेक्का सम्झौता भएको छ ।

भेरियसन अर्डर गर्दा लागत घटेर रु एक करोड ४३ लाख भएको भवनको ९२ प्रतिशत भौतिक प्रगति भएको र रु एक करोड ३० लाखमात्र भुक्तानी भएको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताउनुभयो ।

“मूल्याङ्कनका क्रममा डिजाइनअनुसारको सबै संरचना निर्माण नगरेकाले भुक्तानीका क्रममा रकम घटाएको हो”, उहाँले भन्नुभयो, “दुई वर्षको ठेक्का अवधिभित्रै भवन निर्माण सकिएको छ ।” भवन परिसरमा घेराबार र प्रवेशद्वार निर्माणको काम बाँकी छ ।

रणवाङका ललितबहादुर मल्ल, डम्मरबहादुर मल्ल, होमबहादुर सेन, तिलकबहादुर सिंह, भगवान सुवेदी र स्व मातृकाप्रसाद गौचनले स्वास्थ्य चौकीको भवन बनाउन पाँच रोपनी जग्गा उपलब्ध गराउनुभएको वडाध्यक्ष खातीले बताउनुभयो ।

यसअघि अस्थायी र साँघुरो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण शर्माले बताउनुभयो । पाँचवटा वडा रहेको मङ्गलाको चारवटा वडाको स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन बनेको छ । वडा नं ५ को अर्मन स्वास्थ्य चौकीको भवन सङ्घीयताअघि नै निर्माण भएको थियो । वडा नं ३ को बरङ्जा र वडा नं १ कुहुँको स्वास्थ्य चौकी भवन अघिल्लो कार्यकालमा निर्माण भएको हो ।

हाल बुकेनीस्थित वडा नं ४ को भवनबाट सञ्चालन भइरहेको सामुदायिक स्वास्थ्य एकाइलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने र भवन बनाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।