११ असार २०८३, बिहीबार
,
Latest
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा सवारी दुर्घटनामा एकको मृत्यु



अ+ अ-

मकवानपुर । मकवानपुरको हेटौँडामा सोमबार साँझ साढे ८ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ५९९४ नंको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को१ख १३२८ नंको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौँ बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की मृत्यु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा–११ चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै सोही दुर्घटनामा परेर बोलेरो सवार सोही ठाउँ बस्ने अन्दाजी ५० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । रासस