२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण

यी खानेकुराले पुरुषहरूमा बाँझोपन ल्याउँछ, सावधान !

यी खानेकुराले पुरुषहरूमा बाँझोपन ल्याउँछ, सावधान !
अ अ+ अ-

काठमाडौं । पछिल्लो केही वर्ष यता नेपालमा बाँझोपनको समस्या तीव्र गतिमा बढ्दो छ । त्यसमा पनि पुरुषमा हुने बाझोपनको ग्राफ निकै तीव्र गतिमा बढ्दो छ । बाँझोपन बढ्नुमा जीनको मात्र दोष नभई अस्वस्थकर खानपान, धूमपान, मद्यपान आदि कुराको सेवनले पनि बाँझोपनको समस्या बढ्ने गरेको छ । त्यसबाहेक केही यस्ता खानेकुरा पनि छन् जसको सेवनले पुरुषहरूमा बाँझोपनको समस्या समेत निम्त्याउने गर्छ । के छन् त त्यस्ता खानेकुरा :

१) प्रोसेस्ड मासु
मासु धेरैलाई मन पर्छ । मासु खानु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर कुनै पनि मासु छान्दा सही मासुको छनोट गर्नु जरुरी छ । मासु अर्गानिक छ भने त समस्या हुँदैन तर प्रोसेस्ड मिट खानु स्वास्थ्यका दृष्टिले त्यति फाइदाजनक मानिँदैन । प्रोसेस्ड मिटले स्पर्मको गुणस्तरमा कमी ल्याउने गर्छ । त्यसमा पनि ह्यामवर्गर, हट डग, सलामी लगायतमा प्रयोग हुने प्रोसेस्ड मिटले स्पर्म काउन्ट झण्डै २३ प्रतिशतले कम गर्दछ । प्रोसेस्ड मिटले हर्मोनमा गडबडी गराउने हुँदा यसले प्रजनन प्रणालीमा हानी पुर्‍याउने गर्छ ।

२) फ्याटयुक्त दुग्धजन्य पदार्थ
फ्याटले भरिपूर्ण दूध, चीजजस्ता दुग्धजन्य पदार्थले स्पर्मको प्रभावकारितामा असर पार्ने गर्छ । दैनिक फुल फ्याट दूध पिउनाले पनि स्पर्म काउन्टमा कमी हुनसक्छ । दिनमा कम्तीमा दुईपटक फुल फ्याट डेयरी प्रोडक्टको सेवनले यस किसिमको नोक्सान हुनसक्छ ।

३) चिनीयुक्त पेय पदार्थ
कोक, फ्यान्टा, स्प्राइट, सोडाजस्ता चिनीयुक्त पेय पदार्थ तथा कार्बोहाइड्रेटले पनि शरीरमा असर पार्ने गर्छ । एक अनुसन्धानले जनाए अनुसार एक दिनमा एकपटक भन्दा बढी पटक सुगर तथा कार्बोहाइड्रेट ड्रिंक्स पिउँदा स्पर्मको गुणस्तरमा र्‍हास आउँछ । सुगर बढी सेवन गर्दा इन्सुलिन रजिस्टेन्टलाई बढाएर अक्सीडेटिभ स्ट्रेस पैदा गर्दछ । जसका कारण स्पर्मको प्रभावकारितामा र्‍हास आउन सक्छ ।

४) कीटनाशक औषधी प्रयोग गरिएका खानेकुरा
सकेसम्म किटानाशक औषधी प्रयोग गरेको खानेकुरा खानबाट बच्नु पर्छ । किटनाशक औषधीको प्रयोग गरी तयार पारिएको फलफूल तथा तरकारीले स्पर्म काउन्ट कम गरिदिन्छ । यसमा प्रोसेस्ड मिट, स्याउ, स्ट्रबेरी, अंगूर, गोलभेँडा, पालुङ्गो, काँक्रो इत्यादि पर्दछन् । कीटनाशक तथा हर्मोन्सको असर यी कुराहरूमा धेरै पर्दछ । त्यसैले यस्ता खानेकुरा प्रयोग गर्नुपूर्व खानपानमा विशेष ध्यान दिन जरुरी छ । साथै यसको प्रयोग गर्नुअघि राम्रोसँग धुन, पखाल्न जरुरी छ ।

५) क्याफिन
चिया, कफी धेरै मन पर्ने मानिसहरूका लागि यस्ता बानी महँगो साबित हुनसक्छ । चिया, कफीजस्ता क्याफिनयुक्त पदार्थको सेवनले प्रजनन क्षमतामा असर पुर्‍याउँछ । चिया, कफी छोड्न नसकिए पनि यसको सेवन कमभन्दा कम गर्ने प्रयास गरौँ ।

६) जंकफुड
जुन खानेकुरामा फ्याट तथा सुगरको मात्रा बढी हुन्छ, त्यस्ता खानाले पाचन प्रणाली, मुटु तथा प्रजनन कोषिकाहरूलाई हानि पुर्‍याउँछ । यस्ता खानाले पुरुषको स्पर्म काउन्ट (शुक्रकीट) को विकासमा असर पुर्‍याउने गर्छ । यसमा स्टेराइड पनि सामेल हुन्छ । यसरी पुरुषहरूले शरीर बनाउने चक्करमा बाँझोपन निम्त्याउने गर्छन् । (एजेन्सीको सहयोगमा)