• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छः सांसद पुन



काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताउनु भयो । उहाँले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्राकृतिक रुपले हेर्दा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले दाबी गर्ने अवस्था छ । हाम्रो दाबी पनि रहेको छ । माओवादी केन्द्रको दाबी छ । यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौं । र अरु दलहरुसँग पनि छलफल गर्छौ । राष्ट्रिय सभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले माईतीघर मण्डलालाई निषेधित गर्नु नहुने पनि बताउनु भयो । उहाँले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने बताउनु भयो ।