१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शक नभएपछि सिनेमा हल बन्द



अ+ अ-

लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले बताउनुभयो ।

बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । सो चलचित्रले पनि दर्शक तान्न सकेन । दुई सय ७३ सिट क्षमताको यो हलमा विगतमा शहरबजारबाट मात्र नभई ग्रामीण भेगबाट पनि दर्शक आउँदा ‘हाउस फुल’ हुन्थ्यो । सञ्चालक बस्नेतका अनुसार चलचित्र हेर्ने युवापुस्ता वैदेशिक रोजगारीमा गएका तथा स्वदेशमा रहेकाहरूले पनि इन्टरनेटको अधिकतम प्रयोग गर्दै चलचित्रको मनोरञ्जन वैकल्पिक रूपमा लिन थालेपछि हलमा आएर सिनेमा हेर्ने दर्शकको सङ्ख्या ह्वात्तै घटेको छ ।

हल बन्द गर्नुपर्दा दैनिक रु पाँच हजार घाटा हुने गरेको दुखेसो उहाँले गर्नुभयो । “ हल बन्द छ तर तीन जना कर्मचारीलाई मासिक तलब दिएर राखेको छु,” आगामी शुक्रबारदेखि दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ देखाउने योजनामा रहेको बताउँदै उहाँले उक्त चलचित्रले दर्शन तान्ने अपेक्षा आफूले गरेको बताउनुभयो ।

विसंं २०४५ मा यस हल स्थापना भएको थियो । विगतमा जिल्लामा यो हल बाहेक सुन्दरबजार, भोटेओडार, भोर्लेटार, सोतीपसललगायत स्थानमा हलहरु सञ्चालनमा थिए । सुन्दरबजारमा रहेको शान्ति चलचित्र हल सात वर्ष अघिदेखि पूर्णरुपमा बन्द छ । रासस