२ श्रावण २०८३, शनिबार
,
Latest
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री तापसी पन्नूको घरमा विभागले मार्यो छापा



अ+ अ-

एजेन्सी । भारतको आयकर विभागले बलिउड अभिनेत्री तापसी पन्नूको घरमा छापा मारेको छ । विभागले फ्यान्टम फिल्म्ससँग जोडिएका मानिसको घरमा करछलीको आरोपमा खोजी गरिरहेको हो । 

साथै निर्माता मधु मान्तेना, निर्देशक निर्माता अनुराग कश्यप तथा विकास बहलको घरमा पनि छापा मारिएको छ । हालसम्म २२ ठाउँमा छापा मारिएको विभागले जानकारी दएको छ । 

फ्यान्टम फिल्म्स अहिले अस्तित्वमा छैन । त्यस फिल्म निर्माण तथा वितरण कम्पनी अनुराग कश्यप, निर्देशक विक्रमादित्य मोटवाणे, निर्माता मधु मान्तेना र विकास बहलले शुरू गरेका थिए । 

सन् २०११ मा शुरू गरिएको कम्पनी सन् २०१८ मा भंग गरिएको थियो । बहललाई यौन दुर्व्यवहारको आरोप लागेपछि कम्पनी बन्द भएको थियो । 

तीन वर्षपछि मधु मान्तेनाले कश्यप, मोटवाणे र बहलको शेयर किनेका थिए । उक्त क्पनीले लूटेरा, एनएच१०, मसान, उडता पञ्जाब र रमन राधव २.० जस्ता फिल्म बनाएको छ ।