२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता शेयर ६५ हजार चार सय ६३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ ।

वित्त समूह शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १७, निर्जीवन बीमा समूह शून्य दशमलव ३९, व्यापार समूह शून्य दशमलव १२ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह एक दशमलव ५० र जीवन बीमा समूह एक दशमलव २९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव २६, विकास बैंक समूह शून्य दशमलव ३०, जलविद्युत् समूह शून्य दशमलव ९४, लगानी समूह शून्य दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनसीसी डिभेञ्चर(२०८६ पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २४ करोड ८२ लाख ६८ हजार ३८ बराबरको तीन लाख ५४ हजार दुई सय ५८ कित्ता शेयर किनबेच भएको छ । रासस