२६ श्रावण २०८३, मंगलवार
,
Latest
प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास गर्दैन: अध्यक्ष वैद्य यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका ५ निर्णयहरू सुनसरी र सिरहाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय समुदाय गुहारेर भएपनि रुस-युक्रेन सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउनुपर्छ: सांसद पौड्याल



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरुका लागि सरकारले अभिभावकत्व लिन नसकेको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भइ युक्रेन र रसियाका सेनामा भर्ती भएको बताउनु भयो । उहाँले रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने तथ्यांक समेत सरकारसँग नहुनु लाजमर्दो भएको बताउनु भयो । उहाँले सरकारको आवाज नसुनेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भएपनि नेपालीलाई स्वदेश फर्काउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राहतको लागि पर्खिरहेको नेपाली, रुँदै गरेको नेपाली, रुस र युक्रेनको युद्धमा छन् । त्यहाँ अहिले पनि यो देशको बिडम्वना मान्नुपर्छ । प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भएर युक्रेन र रसियाको दुवैको पक्षबाट सेनामा गएका छन् । त्यहाँ सेनामा भर्ती हुनु भनेको नेपालीले नेपालीलाई मार्नका लागि तयार भएर जानु हो । किनभने दुई पक्षीय नै हानाहान भइरहेको छ । त्यहाँबाट भागेर आउनुभएका एक नेपालीले १५ हजार करिव नेपाली रुसी सेनामा भर्ती हुनुभएको छ भन्नुहुन्छ । रुस सेनाले आफ्नो देशको भन्दा बाहिरको नागरिकहरु सेनामा आएका छन् भने तथ्यांक त पक्कै राखेको होला । कति नेपाली छन् । हामीले त्यति तथ्यांक पनि लिन सकिरहेका छैनौँ । राहत उद्धार त परको कुरा हो । नेपालीह रुँदै कराउँदै फर्काउ भनिरहेका छन् । हामी फर्काउन र उनीहरु फर्किन चाहन्छन् भने रेस्पोन्स नै नगर्ने नि हुन्छ ? हामी के गर्न बसेका त ? हाम्रो आवाज सुनिएन भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भएपनि त्यहाँबाट नेपाली फिर्ता ल्याऔँ ।’

सांसद पौड्यालले सरकार नेपाली जनताको आवाज नसुनिकन के हेरेर बसेको छ ? भन्दै प्रश्न गर्नुभयो ।