६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियल र चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब भिल्लारियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगमा उसकै मैदानमा ३-० गोलले समग्रमा ४-० को नतिजासहित पराजित गर्दै भिल्लारियलले क्वाटरफाइनलमा स्थान बनाएको हो । 

दोस्रो लेगमा भिल्लारियललाई जित दिलाउन ७८ औं मिनेटमा पेनाल्टीमार्फत जेरार्ड मोरेनोले, ८५ औं मिनेटमा पाउ टोरेसले र ९०+२ मिनेटमा अर्नाउट डान्जुमाले गोल गरे । 

यस्तै बुधबार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च फुटबल क्लब एलओसी (लिल)लाई २-१ ले हराउँदै समग्रमा ४-१ को नतिजासहित चेल्सीले अन्तिम आठमा स्थान बनाएको छ । 

लिलको मैदानमा भएको दोस्रो लेगमा खेलको ३८ औं मिनेटमा बुराक यिल्माजले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए । यस्तै ७१ औं मिनेटमा सिजर आज्प्लीकुएटाले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।