९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियल र चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब भिल्लारियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगमा उसकै मैदानमा ३-० गोलले समग्रमा ४-० को नतिजासहित पराजित गर्दै भिल्लारियलले क्वाटरफाइनलमा स्थान बनाएको हो । 

दोस्रो लेगमा भिल्लारियललाई जित दिलाउन ७८ औं मिनेटमा पेनाल्टीमार्फत जेरार्ड मोरेनोले, ८५ औं मिनेटमा पाउ टोरेसले र ९०+२ मिनेटमा अर्नाउट डान्जुमाले गोल गरे । 

यस्तै बुधबार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च फुटबल क्लब एलओसी (लिल)लाई २-१ ले हराउँदै समग्रमा ४-१ को नतिजासहित चेल्सीले अन्तिम आठमा स्थान बनाएको छ । 

लिलको मैदानमा भएको दोस्रो लेगमा खेलको ३८ औं मिनेटमा बुराक यिल्माजले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए । यस्तै ७१ औं मिनेटमा सिजर आज्प्लीकुएटाले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।