• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

इमरान खानलाई ५ दिनमा तीन पटक सजाय सुनाइयो



एजेन्सी । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ । चुनावअघि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ दिनमा तीन पटक सजाय दिइएको छ ।

पछिल्लो मुद्दा अवैध विवाहको हो, जसमा उनी र उनकी श्रीमती बुशरा खानलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । यसअघि ३० जनवरीमा गोप्य पत्र चुहावट मुद्दामा १० वर्ष र माघ ३१ मा तोषखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको थियो ।

फेब्रुअरी ३, २०२४ मा, रावलपिंडीको अदियाला जेलमा वरिष्ठ नागरिक न्यायाधीश कुदर्तुल्लाहले इमरान र उनकी तेस्रो पत्नी बुशराविरुद्ध इद्दत विवाह मुद्दामा फैसला सुनाए ।

निर्णयले विवाहलाई गैरकानूनी वा गैर इस्लामिक घोषित गरेको छ । बुशराका पूर्व पति खावर फरीद मनेकाले यस मामिलामा निवेदन दिएका थिए ।