६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँग खेल्ने क्यानडाको टोलीमा को–को छन् ?



अ+ अ-

काठमाडौँ । नेपालविरुद्धको तीन ओडीआई खेलको सिरिजका लागि क्यानडाले अन्तिम टोली घोषणा गरेको छ । साद बिन जाफरको कप्तानीमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायिकेले १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाल र क्यानडाबीच माघ २५, २७ र २९ मा त्रिवि क्रिकेट मैदानमा खेल हुँदैछ ।

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नु अघि क्यानडासँग तयारी स्वरुप तीन खेलको सिरिज खेल्न लागेको हो ।

क्यानडासँग खेल्नका लागि नेपालले यसअघि नै टोली घोषणा गरि सकेको छ ।

क्यानडाको टोली:
साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान ।