• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo

फिलिपिन्समा पहिरोले तीन वटा यात्रु बस पुरियो



काठमाडौँ । दक्षिणी फिलिपिन्समा ठूलो पहिरो खस्दा तीनवटा यात्रु बस पुरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डाभाओ डे ओरो प्रान्तको माको सहरमा खानी स्थल नजिकै पहिरो गएको थियो । यात्रु बसहरूले खानी स्थलबाट कामदारहरू बोकेका थिए । पहिरोमा धेरै मानिसहरु पुरिएको बताइएको छ । स्थानीय प्रकोप निकायले पहिरोबाट कति मानिस प्रभावित भए भन्ने यकिन गर्न भएको छैन ।

स्थानीय अधिकारीहरूले पीडितहरूको उद्धार गर्न र प्रभावित शहरबाट गाउँलेहरूलाई विस्थापित गर्न आफ्ना कर्मचारीहरू परिचालन गरेका छन् ।