३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनै ठाउँ छैन: एमाले



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली जनताले सरकारबाट कुनै आशा गर्ने ठाउँ गुमाएकाले युवाहरु विदेश पलायन हुने क्रम बढदै गइरहेको जिकिर समेत गर्नुभयो । उहाँले विगत एक वर्षको अवधिमा सरकारले नेपाली जनतालाई असल कानून र नीति दिन नसकेको समेत बताउनु भयो । प्रमुख सचेतक गिरीले मुलुकको अवस्था कहाली लाग्दो हुनुमा सरकार जिम्मेवार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशमा अहिले जुन खालको कहाली लाग्दो मुलुकको अवस्था छ । जनता व्यापक निराशा छाएको छ । र नेपालको राजनीतिक नेतृत्वबाट यो वर्तमान सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ भेटिराखेको अवस्था छैन । त्यही कारणले आफ्नो आत्माविश्वास गुमाएर युवाहरु देश छोडेर विदेश भाग्ने क्रम शुरु भएको छ । जसरी एउटा रुख सुक्यो भने त्यसमा रहेका चराहरुले त्यो रुख छोडेर अर्को हरियो रुखतिर जान्छन् । त्यस्तै गरेर यो देशमा मेरो भविष्य छैन भन्ने ठानेर मान्छे पलायन हुनुपर्ने ठाउँमा अहिले परिस्थिति पुगेको छ ।’

‘यो यथार्थका जगमा उभिएर हामीले मूल्यांकन गरेनौं भने हामी सही ठाउँमा पुग्न सक्दैनौ भन्ने यथार्थलाई हामीले मान्नुपर्छ । यतिबेला हामीले समिक्षा गर्नुपर्नेछ । विगतमा हामीले एक वर्षसम्म पनि यस संसदबाट जनताको सरोकारको विषयहरुलाई संविधान कार्यान्वयन गर्ने सम्बन्धमा त्योसँग सम्बन्धित रहेका ऐन, कानून निर्माण गर्ने विषयहरु होस् । सुशासनका मुद्दाहरु, समृद्धिका योजनाहरु, राष्ट्रिय हितका सवालहरुमा किन नहोस् । जुन ढंंगले संसदमा सघन र घनिभुत ढंगले छलफल हामीले गर्नुपर्दथ्यो । र नेपाली जनतालाई हामीले असल नीति दिने, असल कानून दिने काममा हामी जसरी प्रभावकारी ढंगले चलाउन सक्नुपर्दथ्यो । विगतमा हामी चुक्यौं । ’

प्रमुख सचेतक गिरीले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा सरकार र संसदले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।