९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

न्यूजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट २८१ रनले जित्यो

न्यूजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट २८१ रनले जित्यो
अ अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डले पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई २८१ रनले पराजित गरेको । माउन्ट मङ्गनुईस्थित बे ओभल मैदानमा दक्षिण अफ्रिकाले ५२९ रनको लक्ष्य पाएको थियो ।

चौथो दिनको तेस्रो सत्रमा टोलीले २४७ रन मात्रै बनाउन सक्यो । डेभिड बेडिङहमले ८७ रनको इनिङ खेले । अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् ।न्युजिल्याण्डका काइल जेमिसनले ४ र मिचेल सान्टनरले ३ विकेट लिए । त्यस्तै टिम साउथी, म्याट हेनरी र ग्लेन फिलिप्सले एक–एक विकेट लिए ।

दोहोरो शतक प्रहार गर्ने रचिन रविन्द्र खेलको प्लेयर अफ द म्याच भए । उनले पहिलो इनिङ्समा २ विकेट पनि लिएका थिए । टोलीका तर्फबाट केन विलियम्सनले दुवै इनिङ्समा शतक बनाए ।

न्युजिल्यान्डले तेस्रो दिनको दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । यही स्कोरमा टोलीले आफ्नो इनिङ्स घोषणा गरेपछि दक्षिण अफ्रिकालाई जितका लागि ५२७ रनको लक्ष्य प्राप्त भयो ।

ठूलो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात खराब रह्यो । टोलीले ५ रनमा २ विकेट गुमाएको थियो । एडवर्ड मूर शून्य र कप्तान निल ब्रान्ड ३ रन बनाएर आउट भए । ७३ रन जोड्दासम्म टोलीले थप ४ विकेट गुमाएको थियो । रेनार्ड भान टोन्डर ३१ रन बनाएर आउट भए भने जुबैर हम्जा ३६ रन बनाएर आउट भए ।

५ नम्बरमा ब्याटिङ गर्न आएका डेभिड बेडिङह्यामले दक्षिण अफ्रिकाको जिम्मा लिए, उनले अर्धशतक बनाएर टोलीलाई १०० र त्यसपछि १५० रनभन्दा माथि पुर्याए । उनले किगन पिटरसनसँग शतकीय साझेदारी पनि गरेका थिए । पिटरसन ८७ रन बनाएर आउट भए र दुईबीचको १०५ रनको साझेदारी टुट्यो ।

१७८ रनको स्कोरमा ५ विकेट गुमाएपछि दक्षिण अफ्रिकाको टोली पुनः टिक्न सकेन । किगन पिटरसन १६, क्लाइड फर्च्युन ११, डुआन ओलिभर १, चेफो मोरेकी ६ र ड्यान प्याटरसन १५ रन बनाएर आउट भए । रुआन डी स्वार्ट ३४ रन बनाएर नटआउट रहे ।

पहिलो टेस्ट जितसँगै न्यूजिल्याण्डले २ टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट फेब्रुअरी १३ बाट ह्यामिल्टनमा हुनेछ ।