• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

न्यूजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट २८१ रनले जित्यो



एजेन्सी । न्यूजिल्याण्डले पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई २८१ रनले पराजित गरेको । माउन्ट मङ्गनुईस्थित बे ओभल मैदानमा दक्षिण अफ्रिकाले ५२९ रनको लक्ष्य पाएको थियो ।

चौथो दिनको तेस्रो सत्रमा टोलीले २४७ रन मात्रै बनाउन सक्यो । डेभिड बेडिङहमले ८७ रनको इनिङ खेले । अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् ।न्युजिल्याण्डका काइल जेमिसनले ४ र मिचेल सान्टनरले ३ विकेट लिए । त्यस्तै टिम साउथी, म्याट हेनरी र ग्लेन फिलिप्सले एक–एक विकेट लिए ।

दोहोरो शतक प्रहार गर्ने रचिन रविन्द्र खेलको प्लेयर अफ द म्याच भए । उनले पहिलो इनिङ्समा २ विकेट पनि लिएका थिए । टोलीका तर्फबाट केन विलियम्सनले दुवै इनिङ्समा शतक बनाए ।

न्युजिल्यान्डले तेस्रो दिनको दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । यही स्कोरमा टोलीले आफ्नो इनिङ्स घोषणा गरेपछि दक्षिण अफ्रिकालाई जितका लागि ५२७ रनको लक्ष्य प्राप्त भयो ।

ठूलो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात खराब रह्यो । टोलीले ५ रनमा २ विकेट गुमाएको थियो । एडवर्ड मूर शून्य र कप्तान निल ब्रान्ड ३ रन बनाएर आउट भए । ७३ रन जोड्दासम्म टोलीले थप ४ विकेट गुमाएको थियो । रेनार्ड भान टोन्डर ३१ रन बनाएर आउट भए भने जुबैर हम्जा ३६ रन बनाएर आउट भए ।

५ नम्बरमा ब्याटिङ गर्न आएका डेभिड बेडिङह्यामले दक्षिण अफ्रिकाको जिम्मा लिए, उनले अर्धशतक बनाएर टोलीलाई १०० र त्यसपछि १५० रनभन्दा माथि पुर्याए । उनले किगन पिटरसनसँग शतकीय साझेदारी पनि गरेका थिए । पिटरसन ८७ रन बनाएर आउट भए र दुईबीचको १०५ रनको साझेदारी टुट्यो ।

१७८ रनको स्कोरमा ५ विकेट गुमाएपछि दक्षिण अफ्रिकाको टोली पुनः टिक्न सकेन । किगन पिटरसन १६, क्लाइड फर्च्युन ११, डुआन ओलिभर १, चेफो मोरेकी ६ र ड्यान प्याटरसन १५ रन बनाएर आउट भए । रुआन डी स्वार्ट ३४ रन बनाएर नटआउट रहे ।

पहिलो टेस्ट जितसँगै न्यूजिल्याण्डले २ टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट फेब्रुअरी १३ बाट ह्यामिल्टनमा हुनेछ ।