३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिष चौधरीसहित चार फुटबलर अष्ट्रेलिया प्रस्थान



अ+ अ-

काठमाडौँ । नेपाली फुटबलर विदेश पलायन हुने क्रम जारी छ । यसैबीच मंगलबार चार जना फुटबलर अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित विभिन्न क्लबबाट व्यवसायिक खेल खेलिरहेका सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया उडेका हुन् ।

आशिष ए डिभिजन विजेता चर्च ब्वाइ युनाइटेडका खेलाडी हुन भने नेपाल सुपर लिग अन्तरगत धनगढी एफसीका मार्की खेलाडी समेत थिए । यस्तै, सिमान्त जावलाखेलका कप्तान हुन् भने सेसेहाङ त्रिभुवन आर्मिका खेलाडी हुन् । देउला भने एनएसएल अन्तर्गत झापाका गोलकिपर थिए ।

पछिल्लो समय नेपालमा फुटबलरको उचित भविष्य नहुँदा खेलाडीहरु धमाधम विदेश पलायन हुन थालेका छन् । पलायन हुने खेलाडीको संख्या अधिक रहेको छ ।