१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्मिता क्षेत्री हत्या प्रकरणः उच्च अदालतको फैसला प्रभावित पार्न खोजेको पीडित परिवारको आरोप



अ+ अ-

काठमाडौं । हेटौंडा उपमहानगरपालिका ४ कर्रा सूर्य चोकस्थित आफ्नै घरमा सुस्मिता क्षेत्रीको २०७७ साल असार १ गते राति हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको भन्दै ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा, जेठी नन्द दुर्गा थापा कार्की र अरुण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

२०७६ वैशाख १८ गते सुस्मिताले प्रकाशका छोरा रूपेन्द्र थापासँग बिवाह गरेकी थिईन् । बिबाह भएको ६ महिनापछि अर्थात असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको निधन भएको थियो । रुपेन्द्रको निधनपछि सुस्मिता आफ्नै ससुरा प्रकाश थापाबाट यौन हिंसामा परेकी समेत अदालतको ठहर छ । आफ्नै ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । आफ्ना ससुरा र घरपरिवारले दिएको शारीरिक मानसिक र यौनजन्य दुर्व्यवहारका बारेमा सुस्मिताले बनाएर राखेको नोट प्रहरीले फेला पारेको थियो ।

सुस्मिताको मृत्यु आर्थिक कारणले भएको पीपडत परिवारको ठहर छ । सुस्मिताका बाबुआमाले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पक्रकार सम्मेलन गर्दै उनीहरुले सुस्मिताका श्रीमान मृतक रूपेन्द्रले एक ईन्स्योरेन्स कम्पनीमा १० लाखको विमा गरेको र उनले काम गरेको कम्पनी क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालि हेटौंडाबाट उनको मृत्युपछि पाउने बीमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत ३८ लाख २८ हजार ४७२ रुपैयाँ भुक्तानी विषयमा पारिवारिक विवाद हुँदा उनको हत्या भएको उनीहरुको निश्कर्ष छ । श्रीमानको मृत्युपछि सुस्मिताको अधिकार भएको रकमसमेत त्यो बेला नदिएर ईन्स्योरेन्स कम्पनी र क्लोजर सिस्टम इन्टरनेसनलले पीडित बनाएको उनीहरुको दाबी छ ।

जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्नता पुष्टि भएको ठहर गर्दै ससुरा प्रकाश थापा, नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा कार्की र अरुण कार्कीलाई जन्मकैदको सजाय सुनाएको थियो । सुस्मिताकी सासु तुलसा थापालाई भने १० वर्ष कैद सजाय सुनाएको थियो ।

उच्च अदालत हेटौडा इजलासको फैसलाले अहिले मुख्य योजनाकार भनिएका दुर्गा र अरुणलाई सफाइ दिएको सुस्मिताका ठूलोबुबा हेमबहादुर खड्काले बताए । फैसला प्रभावित पार्नका लागि पीडक परिवारका केही मानिसहरु निरन्तर लागि रहेको उनको दाबी छ । आफूहरुमाथि जिल्ला अदालत मकवानपुरको प्राङ्गणमै आक्रमण भएको समेत उनले बताए ।

‘सुस्मिताको श्रीमानको मृत्यु भएपछि श्रीमतिले पाउनु पर्ने अधिकार अहिलेसम्म बञ्चितनै छ । नौं महिना उनले पाइनन् । ज्वाईँले काम गरेको क्लोजर सिस्टम इन्टरनेसनल भएको पैसा विभिन्न दवाब भएर अहिलेसम्म आएको छैन । सुस्मिताले साइन गरेकी छन् । सुस्मितालाई उनको परिवारले थितेर हत्या गरे । उनी जिउँदै छदा पनि यो अधिकारबाट बञ्चित गराइयो,’– सुस्मिताका बुबाले भने ।

मृतक सुस्मिताकी आमा गंगा केसीले आफूले अब सुस्मितालाई पाउन नसके पनि अब कसैका छोरीहरु नमारिउन् भनेर न्यायिका लडाइ लडिरहेको बताईन् । यसरी मारिएका छोरीहरुको हत्यारालाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै उनले आफूले न्याय पाउने विश्वास व्यक्त गरिन् ।