१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट सुरू हुने भएको छ ।

आइतबारदेखि अवरूद्ध भएको बन्दसत्र फागुन १ गते बिहान ११ बजेबाट सुरू गर्ने अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिए ।

‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको २०८० माघ २१ गते देखि सुरू भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरू गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्दसत्र सुरू हुने जानकारी गराउँछु,’ देवकोटाद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधि मनोनयन र अध्यक्ष मण्डल बनाउँदा विवाद भएपछि अधिवेशन आइतबारदेखि अवरूद्ध हुन पुगेको थियो ।

विवादले उग्र रुप लिएर हात हालाहाल भएपछि अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराज, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा सहितका नेतालाई बालकोट बोलाएका थिए ।

एमाले धादिङमा अध्यक्ष ओलीनिकट दुई गुटको लडाइँ छ । अध्यक्षमा मौजुदा अध्यक्ष त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् । दुवै जनाले समूह बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि पाँच प्रतिशत प्रतिनिधि मनोनीतको विषयले विवाद निम्तिएको थियो ।