• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   देवघाटमा दुई वडाका नयाँ भवन निर्माण ★   लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध ★   नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री पुन ★   नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल ★   उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी ★   लगानी सम्मेलन सुरु (फोटो फिचरसहित) ★   लगातार दोस्रो जितको खोजिमा नेपाल ★   गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते ★   इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान ★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान

राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ – प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो पार्टीले दाबी गर्ने बताउनु भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा सांसदहरूको धारणामाथि जवाफ दिँदै उहाँले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले अध्यक्षमा दाबी प्रस्तुत गरिने बताउनुभयो ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूको धारणा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले छाड्नु हुँदैन भन्ने रहेकाले गठबन्धनको बैठकमा समेत यसबारे कुरा राख्ने प्रधानमन्त्री दाहालको तयारी छ ।

बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले इमान्दारिता नदेखाएको आरोप पनि लगाएका छन् । इमान्दारिता नदेखाएका कारणले नै मत ट्रान्सफर हुन नसकेको र कोशीमा पार्टीकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुन पुगेको उनीहरूको तर्क छ ।

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदैछ । नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेको छ ।

राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ । १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ ।

यस्तै, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना सदस्य छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक सदस्य मनोनीत हुनेछन् ।