३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विलियम्सनले ३१ औं टेस्ट शतक बनाए, जो रुटलाई पछि पारे



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१ औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडे, जसको ३० टेस्ट शतक छ ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा विलियम्सनले १०९ रनको इनिङ खेले । उनले पहिलो इनिङ्समा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए ।

माउन्ट मङ्गानुईस्थित बे ओभल मैदानमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकामाथि ५२८ रनको अग्रता लिएको छ । दिनको खेल सकिँदासम्म उसले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

पहिलो इनिङ्समा न्युजिल्यान्डले ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १६२ रन बनाएको थियो । म्याट हेनरी र मिचेल सेन्टनरले ३–३ विकेट लिए ।

टेष्टको तेस्रो दिन दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्स १६२ रन बनाएर समाप्त गरेको थियो । न्युजिल्यान्डले ३४९ रनको अग्रता लिएर दोस्रो इनिङ्स सुरु गरेको थियो । टोलीले दोस्रो इनिङ्समा १० रनमा ओपनर टम लाथमको विकेट गुमाएको थियो । लाथमले मात्र ३ रन बनाउन सके ।

तेस्रो नम्बरमा आएका केन विलियम्सनले ओपनर डेभोन कोनवेसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे । कोनवे २९ रन बनाएर आउट भए र उनीहरुको साझेदारी टुट्यो । उनीपछि रचिन रविन्द्र पनि १२ रन बनाएर आउट भए ।

तेस्रो दिनको खेल सकिन ४ ओभरअघि विलियम्सनले शतक पूरा गरेका थिए । शतकपछि उनले छिटो खेल्न थाले पनि १०९ रन बनाएर आउट भए ।

सक्रिय खेलाडीमध्ये विलियमसनभन्दा अष्ट्रेलियाका स्टिभ स्मिथले मात्र बढी शतक प्रहार गरेका छन् । उनको नाममा ३२ शतक छ । विलियम्सनले पहिलो इनिङ्समा आफ्नो ३०औँ शतक प्रहार गर्दै भारतका विराट कोहलीलाई पछाडि छोडे । विराटको नाममा २९ टेस्ट शतक छ ।