१३ श्रावण २०८३, बुधबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणः पीएन क्याम्पसका सहप्राध्यापक पक्राउ



अ+ अ-

पोखरा । सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका एक सहप्रधाध्यापकलाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले पोखराको मालेपाटन घरभएका विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको हो । सहप्राध्यापक भण्डारी मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ ।

कास्की प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आजै (मंगलबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइनेछ ।

यो सहकारीको मुद्दा यसअघि नै अदालत गइसकेकाले मंगलबार नै थुनछेक बसहपछि सहप्राध्यापक भण्डारी साधारण तारेख तथा धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि जेल चलान हुने भन्ने आदेश आउने छ ।

यस प्रकरणमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।