३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकपको पहिलो सेमिफाइनलमा आज भारत र आयोजक दक्षिण अफ्रिका भिड्दै



अ+ अ-

एजेन्सी । यू–१९ पुरुष विश्वकपको पहिलो सेमिफाइनल आज मंगलबार भारत र दक्षिण अफ्रिकाबीच हुँदैछ । खेल बेनोनीस्थित विलोमूर पार्क स्टेडियममा नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

सुपर–६ चरणमा भारत समूह–१ मा शीर्ष स्थानमा रह्यो भने समूह–२ मा आयोजक दक्षिण अफ्रिका दोस्रो स्थानमा थियो ।

दक्षिण अफ्रिकामा खेलाइँदै आएको यू–१९ एकदिवसीय विश्वकपको यो १५औँ संस्करण हो । दोस्रो सेमिफाइनल अष्ट्रेलिया र पाकिस्तानबीच फेब्रुअरी ८ मा हुनेछ । भारत यस वर्ष पनि विश्वकप जित्ने प्रबल दावेदार हो । पाँच पटक उपाधि जितेको टोली भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो ।

भारत र दक्षिण अफ्रिका अन्डर–१९ टोलीबीच हालसम्म कूल २५ ओडिआई खेलिएको छ । भारतले १९ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ६ खेल मात्र जितेको छ । विश्वकपमा दुवै टोली ८ पटक भिडेका छन् । जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले पनि समान चार खेल जितेको छ ।

यी दुई टोली सन् २००८ को विश्वकपको फाइनलमा भिडेका थिए । जसमा विराट कोहलीको कप्तानीमा भारतले वेन पार्नेलको कप्तानीमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो ।