१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

गृहमन्त्रीसँग रुष्ट काँग्रेसले भन्यो: सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन

गृहमन्त्रीसँग रुष्ट काँग्रेसले भन्यो: सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन
अ अ+ अ-

काठमाडौँ । नेपाली कँग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

सोमवारबाट शुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै उहाँले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताउनु भयो । उहाँले सरकारमा बसेका मन्त्रीहरुले उहाँले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताउनु भयो । सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भएपनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले सरकार नौटंकी गर्ने ठाउँ नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्टन्टबाजी गर्ने बेला नभएको बताउनु भयो । यो स्टन्ट गर्ने बेला होइन । हामी स्टन्ट गरिरहेका छौँ । नयाँ आएका राजनीतिक पार्टीको नक्कल गरिरहेका छाँै । केही नयाँ राजनीतिक पार्टीहरु आएका छन्, जन्मेका छन् । तिनले गरेका कुराहरु । सरकारमा बस्ने मानिसहरुले त काम गर्ने हो । नाटक गर्ने होइन । नौटंकी गर्ने होइन । नौटंकी बढी भयो जस्तो लाग्छ । स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ । आजकाल गृहमन्त्रीज्युको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो । गृहमन्त्रीज्युको यही रोष्टमबाट प्रशंसा गरेको थिएँ । तर काम भन्दा आजकाल चर्चा, परिर्चा बटुल्न लागेको हो की जस्तो लागेको छ । यो चर्चा परिचर्चा त हिजो नानीमाया दाहालको पनि थियो पञ्चायतमा । यसले केही हुँदैन । हामीले इतिहास लेख्ने हो । इतिहास बनाउने हो । इतिहास हामीले नबनाए कसले बनाउँछ ?’

नेता रायमाझीले सरकारले ४ बजे बैठक बोलाएकोप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले १२ बजे नै बैठक बोलाएर छलफल गरेको भए हुने भन्दै सरकारले कर्मकाण्डी रुपमा संसद चलाउन नहुने बताउनु भयो ।