२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई एमालेको चेतावनी: संसद महासचिव अविलम्व नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गर्नुभएको आरोप लगाउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गर्नुभयो । महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उहाँको आरोप थियो ।

उहाँले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिनुभयो । कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियुक्ति गर्न आग्रह गर्नुभयो । आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो संघीय संसदको महासचिव पद खालि अवस्थामा छ । भर्खरै मात्रै सम्माननीय अध्यक्षज्युले खालि भएको कुरा सुनाउनुभयो । तर यो अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौँ ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपति ज्यु तपाईको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन ? आज विनम्रतापूर्वक यस सभाको बैठकमा आग्रह गर्दछु । हामीलाई कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व दिइयोस् । मलाई विश्वास छ, आगामी बैठकहरुमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन । राष्ट्रपति भनेको सम्मानित पद हो । यसको गरिमालाई कामय राख्न आग्रह गर्दछु ।’

नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था कमजोर भएको बताउनु भयो ।