९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नयाँ पुस्तामा संसदीय अभ्यासबारे ज्ञान हुन जरुरी छः एमाले सचेतक बर्तौला

नयाँ पुस्तामा संसदीय अभ्यासबारे ज्ञान हुन जरुरी छः एमाले सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले नयाँ पुस्तामा संसदीय अभ्यासबारे ज्ञान हुन जरुरी रहेको बताउनु भएको छ ।

आज रत्न राज्यलक्ष्मी क्याम्पसको राजनीती शास्त्र विभागको आयोजनामा भएको आर आर संसद अभ्यास कार्यक्रम – २०८० को उद्घाटन शत्रलाई सम्बोधन गर्दै सचेतक बर्तौलाले यस्तो बताउनु भएको हो ।

संसद अभ्यास कार्यक्रममा बोल्दै बर्तौलाले भन्नुभयो – “प्रतिनिधि सभाका खासगरीकन सरकारको निर्माण गर्ने, कानुन बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने, संसदीय सुनुवाइ गर्ने लगायतको काम हुन्छन् ।”

उहाँले अगाडि भन्नुभयो – ‘कुनै पनि सांसदले आज मलाई बोल्न मन लाग्यो भनेर माईक समातेर बोल्न पाईने होईन । जनताका मुद्दामा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने विषयको लागि पनि संसदले विशेष समय, शुन्य समय र आकस्मिक समय गरि समयको व्यवस्थापन गरिएको हुँदा संसदमा बोल्दा खुल्ला मञ्चमा बोलेको जस्तो खुल्ला समय प्राप्त नहुने र यसको लागि विशेष समय भए संसदीय दलले पाएको समयमा आफूलाई प्राप्त भएको समयावधी भीत्र बोली सक्नुपर्छ ।’

त्यस्तै गरि शून्य समयमा जम्मा एक मिनेटको समय प्राप्त हुने हुनाले उक्त समय भित्रै सांसदले राख्नुपर्ने विषय राखिसक्नूपर्ने बताउनुभयो । सांसद बर्तौलाले सरल भाषामा प्रतिनिधि सभामा हाल २ वटा संयुक्त र १० वटा प्रतिनिधि सभाको एकल समिति गरि जम्मा १२ वटा संसदीय समितिहरु रहेको बताउनु भयो । समितिले आफ्ना क्षेत्रका विषयहरुमा रहेर काम गर्ने उल्लेख गर्नु भयो ।

आरआर क्याम्पसमा आयोजित संसदीय अभ्यास सम्बन्धी कार्यक्रममा आरआमा स्नातक तह अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।