• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै

सरकारको ज्यादतीका बिरुद्धमा सशक्त जनदबाब आवश्यक भयो: विष्णु पौडेल



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताउनुभएको छ ।

सोमवार प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको मुलुकको परिस्थिति कहाली लाग्दो रहेको बताउनु भयो । उहाँले देशको अहिलेको स्थिति मल्टी अर्गन फेलियर रहेको बताउनु भयो । उहाँले देशलाई यो ठाउँमा ल्याइपुर्‍याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताउनु भयो ।

उहाँले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भएपनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताउनु भयो । उहाँले प्रतिपक्षका आवाज किनारा लगाउने काममा सरकार उद्धत रहेको बताउनु भयो । उहाँले पार्टीको सदनमा प्रश्तुती झनै सशक्त हुने बताउनु भयो । उहाँले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभुति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको मुलुकको परिस्थिति साँच्चि नै कहाली लाग्दो छ । गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा, संकीर्ण स्वार्थले गर्दा देश आज छियाछिया भएको छ । तपाईले कुनै त्यस्तो क्षेत्र पाउनुहुन्न जहाँ हामी समस्यामा होइन । गम्भीर समस्यामा नभएका हौँ । डाक्टरले गम्भीर बिरामीलाई कतिपय अवस्थाका बिरामीलाई मल्टी अर्गन फेलियर भन्ने गर्दछन् । मुटु हेर्दा खराब छ, फोक्सो खराब छ, कलेजो खराब छ, ब्लड खराब छ । ल्याब्रोटोरीका सबै इंगिटेटरहरुले खराब संकेत गरिरहेको हुन्छ । त्यस्तै जस्तो अहिले हाम्रो देश मल्टी अर्गन फेलियर भएको मानिसको अवस्था जस्तो बन्न पुगेको छ । देशलाई यो ठाउँमा ल्याइपुर्‍याउने काम अहिलेको गठबन्धन सरकारले गरेको छ ।’

‘शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था छैन । प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने हो, लोकतन्त्र जीवन्त लोकतन्त्रका निमित्त प्रतिपक्षको आवाज महत्वपूर्ण हुन्छ । त्यस हिसावले जानुपर्ने हो । तर अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको छ । प्रतिपक्षका आवाज किनारा लगाउने साथमा चलिरहेको छ । सदनमा हाम्रो प्रश्तुती आउने दिनमा अझ सशक्त हुनेछ । सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभुति हुँदैछ । सडकबाट पनि हामी सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बन्दैछ ।’

उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको बताउनु भयो । प्रधानमन्त्री र अर्थमन्त्रीका भनाइहरु नै बाझिरहेको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रका समस्या र समाधानमा अलमलमा रहेको बताउनु भयो । उहाँले अहिले साधारण खर्च धान्नसक्ने गरी राजश्व परिचालन हुन नसकेको बताउनु भयो । पुँजीगत खर्चको अवस्था चिन्ताजनक रहेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले वर्तमान सरकारले मुलुकले अर्थतन्त्रमा व्यहोरेका समस्या समाधानको ल्याकत नराख्ने बताउनु भयो । उहाँले सरकारको ज्यादतीका बिरुद्धमा सशक्त जनदबाब अहिलेको आवश्यकता बनेको र केही समयपछि जनताका माझमा सशक्त जनदबाब श्रृष्टि गर्ने हिसावले जाने बताउनु भयो ।