३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले विशाखापट्टनम टेस्ट १०६ रनले जित्यो, इंग्ल्याण्ड २९२ रनमा समेटियो



अ+ अ-

एजेन्सी । विशाखापट्टनम टेस्टमा भारत १०६ रनले विजयी भएको छ । सोमबार डा वाईएस राजशेखर स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दोस्रो इनिङ्समा २९२ रन मात्रै बनाउन सक्यो ।

टिमलाई ३९९ रनको लक्ष्य थियो । भारतका रविचन्द्रन आश्विन र जसप्रित बुमराहले ३–३ विकेट लिए । योसँगै अश्विनले ४९९ टेस्ट विकेट पूरा गरेका छन् ।

पहिलो इनिङ्समा यशस्वी जैसवालको दोहोरो शतक भारतका लागि टर्निङ प्वाइन्ट बन्यो । उनले २०९ रनको इनिङ खेल्दै टोलीलाई ३९६ भन्दा माथि पुर्याए । इंग्ल्याण्डले दुवै इनिङ्समा ३ सय रनको आँकडा पनि छुन सकेन । दोस्रो इनिङ्समा शुभमन गिलले शतक बनाए ।

खेलमा ९ विकेट लिएका जसप्रित बुमराहले पहिलो इनिङ्समा ६ विकेट लिएर इंग्ल्याण्डलाई ब्याकफुटमा धकेलेका थिए । बुमराहले दोस्रो इनिङ्समा इंग्ल्याण्डको १० औं विकेट लिए । दोस्रो टेस्ट जितसँगै भारतले ५ टेस्टको सिरिजमा १–१ को बराबरी गरेको छ । इंग्ल्याण्डले पहिलो टेस्ट २८ रनले जितेको थियो ।

शुक्रबार विशाखापट्टनममा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो इनिङ्समा भारतले ३९६ रन बनाएको थियो भने इंग्ल्याण्डले २५३ रन बनाएको थियो । दोस्रो इनिङ्समा भारतले २५५ रन बनाएर ३९९ रनको लक्ष्य दिएको थियो ।