काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा केहीबेरअघि सुरु भएको बैठकमा प्रतिनिधिसभाको कार्यसूचीमा छलफल जारी छ ।
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक आज ४ बजे बस्दैछ ।
सो बैठकअघि सभामुखले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको हो ।