• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिता फागुन दोश्रो सातामा



काठमाडौं । १३ औँ संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म आयोजना हुने भएको छ । चन्द्रागिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १२ विधामा प्रतिस्पर्धा गराईने राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा संघको शीर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, यसबाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्स एकल, भेट्रान्स ४५ बर्ष माथी र मास्टर्स ५५ बर्ष माथीको स्पर्धाका साथ यु–१३ को ब्वाई र गल्स एकलको थप विधा समावेश गरिएको उनले बताए ।

महांकाल ब्याडमिन्टन क्लब सहआयोजक रहेको प्रतियोगितामा खेल सामाग्री उत्पादक संस्था लि–निङ्गको मुख्य प्रायोजन रहेको छ ।

यस प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख २३ हजार रहेको छ । शीर्ष ८ बरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्नेछन् ।

दुई समूहका शीर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । विजेता खेलाडीले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र सेमिफाईनलिस्ट द्वयले नगद करिव १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी दिएका छन् ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार पाउनेछन् । यस्तै, पुरुष युगल तर्फ शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिला युगल तर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने छन् ।