३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकपछि अर्को १५ फ्लप फिल्म, तैपनि हार मानेनन् यी स्टार



अ+ अ-

एजेन्सी । जब कुनै स्टार किडले बलिउडमा डेब्यू गर्छ, उसले पनि आफ्ना आमाबुवाको जस्तै अभिनय गर्ने अपेक्षा गरिन्छ । समयसँगै ती स्टार पनि परिपक्व हुन्छ भन्ने कुरा दर्शकले बिर्सन्छन् ।

आज हामी बलिउडका एक यस्तो स्टार किडको बारेमा कुरा गर्न गइरहेका छौं, जसले एकपछि अर्को १५ फ्लप फिल्म दिए तर उनले कहिल्यै हार मानेनन् ।

अमिताभ बच्चनलाई बलिउडमा मेगास्टारको रुपमा चिनिन्छ । यस्तो अवस्थामा जब उनका छोरा अभिषेक बच्चनले बलिउडमा डेब्यू गरे तब उनको सीधै अमिताभ बच्चनसँग तुलना गरिएको थियो । अभिषेकको पहिलो फिल्मबाट नै दर्शकले उनी पनि बुवाको जस्तै राम्रो अभिनय गर्ने अपेक्षा गरेका थिए तर दर्शकको निराशा भयो र उनको पहिलो फिल्म ‘रिफ्युजी’ बक्स अफिसमा फ्लप साबित भयो ।

अभिषेक बच्चनले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट आफ्नो करियर सुरु गरेका थिए । उनको पहिलो फिल्म सुपर फ्लप भयो । त्यसपछि उनले चार वर्षसम्म फ्लप फिल्म मात्र दिए । यी फिल्महरूको सूचीमा ‘तेरा जादू चल गया’, ‘ढाई अक्षर प्रेम के’, ‘बस इतना सा ख्वाब है’ जस्ता फिल्महरूको नाम समावेश छ ।

मिडिया रिपोर्टका अनुसार अभिषेकले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरो एउटा फिल्म हेरेपछि एउटी महिला सिनेमा हलबाट बाहिर आएर मलाई थप्पड हानेर ‘तिमीले आफ्नो बुवाको नाम बिगार्छौ’ अभिनय छोड भनिन् ।’

अभिषेक बच्चन आफ्नो फ्लप फिल्मबाट कहिल्यै डराएनन् । उनले लगातार आफैंमा काम गरे र त्यसपछि उनका फिल्महरू हिट हुन थाले । ‘युवा’, ‘बंटी और बबली’, ‘गुरु’ जस्ता फिल्म दिएर अभिषेकले आफ्नो अभिनय क्षमताले सबैलाई प्रभावित पारेका छन् । आज अभिषेक बच्चनलाई बलिउडका दक्ष कलाकारमा गनिन्छ । बाबु अमिताभ बच्चन छोरा अभिषेकप्रति निकै गर्व गर्छन् ।

आज अभिषेकले आफ्नो ४८ औं जन्मदिन मनाउँदैछन् । सन् १९७६, फेब्रुअरी ५ मा मुम्बईमा बच्चन परिवारमा उनको जन्म भयो ।