२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

रचिन रविन्द्रले बनाए दोहोरो शतक, विलियम्सन शतक बनाएर आउट



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाको अनुभवविहीन टोली न्युजिल्यान्डविरुद्ध कतै पनि टिक्ने देखिँदैन । न्युजिल्यान्डले माउन्ट मङ्गनुईस्थित बे ओभल मैदानमा पूर्ण रूपमा वर्चस्व कायम गरेको छ । पहिलो टेष्टको दोस्रो दिन सोमबार चिया ब्रेकसम्म न्युजिल्यान्डले ७ विकेट गुमाएर ४७५ रन बनाएको छ ।

न्युजिल्याण्डका रचिन रविन्द्रले दोहोरो शतक प्रहार गरे, उनी २४० रन बनाएर आउट भए । केन विलियम्सनले पनि शतक प्रहार गरे, उनी ११८ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाका कप्तान निल ब्रान्डले ३ तथा रुआन डी स्वार्टले २ विकेट लिए ।

दोस्रो दिनको पहिलो इनिङ्समा न्युजिल्यान्डले २ सय ५८ रन बनाएको थियो । विलियम्सनले ११२ रन र रचिनले ११८ रन बनाएर खेल्न थाले । विलियम्सनले आफ्नो स्कोरमा खासै रन जोड्न सकेनन् र ११८ रन बनाएर डि स्वार्टको शिकार बने । योसँगै उनी र रचिनबीचको तेस्रो विकेटमा २३२ रनको साझेदारी टुट्यो ।

विलियम्सनको विकेटपछि डेरिल मिचेल र रचिनबीच शतकीय साझेदारी भयो । मिचेल ३४ रन बनाएर आउट भए र दुईबीचको १०३ रनको साझेदारी टुट्यो । विकेटकिपर टम ब्लन्डेल पनि ११ रन बनाएर आउट भए र टोलीले ३९१ रनको स्कोरमा ५ विकेट गुमाएको थियो ।

५ विकेट खसेपछि पनि रचिनले आफ्नो पकडलाई कायम राखे । उनले दोहोरो शतक प्रहार गर्दै टोलीको स्कोर ४०० रनभन्दा माथि पुर्याएका थिए । उनले ग्लेन फिलिप्ससँग ८२ रनको साझेदारी गरे । फिलिप्स ३९ रन बनाएर आउट भए र दुईबीचको साझेदारी टुट्यो ।

रचिन पनि ३६६ बलमा २४० रन बनाएर आउट भए । उनलाई निल ब्रान्डले बोल्ड गरेका थिए । ब्रान्डले फिलिप्स र मिचेललाई पनि आउट पारे ।