• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ ★   प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना ★   ‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’ ★   राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छः प्रधानमन्त्री ★   ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ ★   संविधान पुनरावलोकन गर्नुपर्छ: महामन्त्री थापा ★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ

रचिन रविन्द्रले बनाए दोहोरो शतक, विलियम्सन शतक बनाएर आउट



एजेन्सी । दक्षिण अफ्रिकाको अनुभवविहीन टोली न्युजिल्यान्डविरुद्ध कतै पनि टिक्ने देखिँदैन । न्युजिल्यान्डले माउन्ट मङ्गनुईस्थित बे ओभल मैदानमा पूर्ण रूपमा वर्चस्व कायम गरेको छ । पहिलो टेष्टको दोस्रो दिन सोमबार चिया ब्रेकसम्म न्युजिल्यान्डले ७ विकेट गुमाएर ४७५ रन बनाएको छ ।

न्युजिल्याण्डका रचिन रविन्द्रले दोहोरो शतक प्रहार गरे, उनी २४० रन बनाएर आउट भए । केन विलियम्सनले पनि शतक प्रहार गरे, उनी ११८ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाका कप्तान निल ब्रान्डले ३ तथा रुआन डी स्वार्टले २ विकेट लिए ।

दोस्रो दिनको पहिलो इनिङ्समा न्युजिल्यान्डले २ सय ५८ रन बनाएको थियो । विलियम्सनले ११२ रन र रचिनले ११८ रन बनाएर खेल्न थाले । विलियम्सनले आफ्नो स्कोरमा खासै रन जोड्न सकेनन् र ११८ रन बनाएर डि स्वार्टको शिकार बने । योसँगै उनी र रचिनबीचको तेस्रो विकेटमा २३२ रनको साझेदारी टुट्यो ।

विलियम्सनको विकेटपछि डेरिल मिचेल र रचिनबीच शतकीय साझेदारी भयो । मिचेल ३४ रन बनाएर आउट भए र दुईबीचको १०३ रनको साझेदारी टुट्यो । विकेटकिपर टम ब्लन्डेल पनि ११ रन बनाएर आउट भए र टोलीले ३९१ रनको स्कोरमा ५ विकेट गुमाएको थियो ।

५ विकेट खसेपछि पनि रचिनले आफ्नो पकडलाई कायम राखे । उनले दोहोरो शतक प्रहार गर्दै टोलीको स्कोर ४०० रनभन्दा माथि पुर्याएका थिए । उनले ग्लेन फिलिप्ससँग ८२ रनको साझेदारी गरे । फिलिप्स ३९ रन बनाएर आउट भए र दुईबीचको साझेदारी टुट्यो ।

रचिन पनि ३६६ बलमा २४० रन बनाएर आउट भए । उनलाई निल ब्रान्डले बोल्ड गरेका थिए । ब्रान्डले फिलिप्स र मिचेललाई पनि आउट पारे ।