२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

हेर्नुहोस् मोबाइल फोनको असर र उपायहरु

हेर्नुहोस् मोबाइल फोनको असर र उपायहरु
अ अ+ अ-

काठमाडौं । मोबाइल फोन हाम्रो जीवनको एक अभिन्न हिस्सा बनिसकेको छ । तत्काल कम्युनिकेशनका लागि यसभन्दा उत्तम विकल्प सायदै अरु केही होला । तर यसको अत्याधिक प्रयोगले कैयन समस्याहरु पनि निम्त्याउन सक्छ । तर मोबाइलको प्रयोगका क्रममा केही कुरामा ख्याल गर्नुभयो भने त्यस्ता खतराहरुबाट केही हदसम्म बच्न पनि सक्नुहुन्छ । मोबाइलको अत्याधिक प्रयोगबाट हुनसक्ने बिमारी र त्यसबाट बच्ने उपायहरु यस्ता रहेका छन् । 

१) आँखाको समस्या   ५) 
विभिन्न सामाजिक सञ्जालहरु र गेमका कारण खासगरी युवाहरु मोबाइलसँग धेरै नै नजिक हुन्छन् । यसरी एकहोरो मोबाइल चलाइरहँदा उनीहरुको आँखामा सबैभन्दा बढी प्रभाव पर्ने गरेको छ । अत्याधिक समय मोबाइलमा बिताउँदा मानिसको आँखाको ज्योति विस्तारै खराब हुँदै जान्छ । साथै आँखामा आँसु आइराख्ने, धुमिलो देख्ने, टाउको दुख्ने, आँखा रातो  हुने जस्ता समयस्याहरुले सताउने गर्छ ।

बच्ने उपाय : यस्तो समस्याबाट बच्नका लागि मोबाइललाई आँखाबाट सकेसम्म परको दुरीमा राखेर मोबाइल चलाउने गर्नुस् । लगातार मोबाइलमा हेरिनरहनुस् । बेलाबेलामा केहीबेरका लागि स्क्रिन अफ गरेर आँखालाई रेस्ट दिनु पनि फाइदाजनक हुन्छ । साथै दुईवटा हथ्केलालाई एक आपसमा रगटेर तातो बनेको हथ्केलालाई दुबै आँखामा राख्नुस्, यसो गर्दा आँखालाई आराम मिल्छ ।

२) पीठ र गर्धनको दुखाई
मेसेजिङ तथा च्याटिङको आदतले केही समयका लागि खुसी त पक्के देला तर, यसले लामो समयको दुखाई दिन्छ । झुकेर मोबाइलमा व्यस्त रहने बानीले मानिसको पीठ तथा गर्धनमा दुखाईको समस्या निम्तिन सक्छ । सुरुवातमा गर्धनको दुखाई सुरु हुन्छ, बिस्तारै बिस्तारै पिठ्यूँमा पनि दुख्न थाल्छ । साथै ड्राइभिङ गर्दैगर्दा फोनमा एकसाईड झुकेर मोबाइल चलाउनु खतरनाक सावित हुनसक्छ ।

बच्ने उपाय : मोबाइल चलाउँदैगर्दा आफ्नो गर्धनलाई सिधा राख्ने बानी बसाल्नुस् । व्यस्त हुनहुन्छ भने मोबाइलमा ध्यान नदिनुस् । साथै फोनमा कुराकानीका दौरान एयरफोनको प्रयोग गर्दा पनि केही हदसम्म सुरक्षित हुन सकिन्छ । यसले गर्धनलाई सीधा राख्नराख्न मद्दत गर्छ ।

३) औंलामा समस्या
टचस्क्रिन फोन होस् वा किबोर्डवाला दुबैमा औंलाको प्रयोग आवश्यक छ । अत्याधिक मोबाइल चलाउँदा औंलामा पनि समस्या देखिन सक्छ । केही समयअघि एउटा समाचार पनि आएको थियो, मोबाइल गेम क्याण्डीक्रसको लत बसेका एक युवकको मोबाइलको अत्याधिक प्रयोगका कारण औंलाको क्यान्सर नै भयो । साथै मोबाइलको अत्याधिक प्रयोगले औंलाको छाला पनि कडा बन्नसक्छ ।

बच्ने उपाय : मोबाइल चलाउँदै गर्दा केही समय औंलालाई पनि आराम दिनुस् । साथै समय-समयमा औंलाको एक्सरसाईज पनि उपयोगी हुनसक्छ ।

४) निद्रा नलाग्ने बिमारी
मोबाइल फोनको अत्याधिक प्रयोगले सबैभन्दा बढी असर निद्रामा पर्छ । रातको समयमा घण्टौंसम्म फोनमा कुरा गर्दा तथा च्याटमा व्यस्त रहँदा मानिसहरुले निद्रालाई उपेक्षा गर्छन् । कम्तिमा पनि दैनिक ६-८ घण्टा निदाउनु मानिस शरीरका लागि अत्यावश्यक हुन्छ । तर, मोबाइलले निदाउने समयको कटौती गरिदिन्छ । जसका कारण निद्रासम्बन्धी बिमारीले गाँज्न सक्छ । यसले चिडचिडाहट, डिप्रेसनजस्ता समस्याको समेत सिकार बनाउन सक्छ ।

बच्ने उपाय : रातिको समयमा धेरै मोबाइल नचलाउनुस् । साथै मोबाइल फोनलाई साइलेन्टमा राख्ने गर्नुस्, ता कि अनावश्यक रिंगले तपाईंको निद्रा खराब नगरोस् ।

५)  नोमोफोबियाको शिकार
नोमोफोबिया बिलकुल अलग प्रकारको फोबिया हो । यस्तो अवस्थामा मोबाइलको पासमा नरहँदा पनि बारम्मर मोबाइलको रिंगटोन तथा मेसेज टोनको आभास हुनसक्छ । एकछिन मोबाइलबाट टाढा हुँदा पनि माइन्ड एकदमै डिस्ट्रब हुने समस्या हुन्छ । यसले दिमागमा असर पुर्याउँछ । साथै स्मरणशक्ति कम हुने खतरा पनि बढ्छ ।

बच्ने उपाय : यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको अत्याधिक मोबाइलमा नजुन्डिने नै हो । साथै मेडिटेशन तथा स्वासको एक्सरसाईज पनि यसलाई कन्ट्रोल गर्नका लागि उपयोगी सावित हुनेछ ।