१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

हिउँदे अधिवेशनमा २२ वटा विधेयक टेबुल गर्ने सरकारको तयारी

हिउँदे अधिवेशनमा २२ वटा विधेयक टेबुल गर्ने सरकारको तयारी
अ अ+ अ-

काठमाडौँ । हिउँदे अधिवेशनमा सरकारले अत्यावश्यक २२ वटा विधेयक संसदमा लैजाने तयारी गरेको छ ।

सोमबार बिहान नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक विधेयकलाई सदनमा टेबुल गर्ने बताउनुभएको सांसद लेखनाथ दाहालले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले शिक्षा विधेयक, संघीय प्रहरी ऐन, संघीय निजामति विधेयक लगायत २२ वटा अत्यावश्यक विधेयक संसदमा लैजाने तयारी रहेको जानकारी दिनुभएको दाहालले बताए । उनले भने ,‘आजको बैठकमा सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० टेबुल गर्ने जानकारी दिनुभयो । हिउँदे अधिवेशनमा २२ वटा अत्यावश्यक विधेयक संसदमा लैजाने सरकारको तयारी रहेको जानकारी दिनुभएको छ ।’

माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बस्नेगरी स्थगित भएको उनले बताए । उनले भने, ‘बैठक मंगलबार ९ बजे बस्नेगरी स्थगित भएको छ । संसदमा कसरी प्रस्तुत हुने विषयमा भोलि छलफल हुनेछ’।