६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै चेल्सीले खायो चार



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा चेल्सी वल्भ्ससँग आफ्नै घरेलु मैदानमा २–४ ले स्तब्ध बनेको हो ।

वल्भ्सलाई जित दिलाउन म्याथुस कुन्हाले ह्याट्रिक गरे । एक गोल भने उसले उपहारस्वरुप पायो । खेलको १९ औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा कुन्हाले गोल गर्दै वल्भ्सलाई १–१ गोलको बराबरीमा ल्याए । ४३ औं मिनेटमा चेल्सीका एक्सेल डिसासीले आत्मघाती गोल गरेपछि वल्भ्स २–१ ले अघि बढ्यो ।

यस्तै, ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपेका कुन्हाले ८२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८६ औं मिनेटमा चेल्सीका थियागो सिल्भाले गोल गरेपनि टोलीको हार टार्न सकेनन् र चेल्सी ४–२ गोलले पराजित भयो ।

यो नतिजासँगै वल्भ्स २३ खेलबाट ३२ अंकका साथ तालिकाको १० औं स्थानमा रहँदा चेल्सी ३१ अंकका साथ ११ औं स्थानमा छ ।