• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

आर्सनलद्वारा लिभरपुल पराजित



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले लिभरपुललाई पराजित गर्यो ।

गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–१ गोलले हराएको हो । घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन बुकायो साका, गाव्रियल मार्टिनेली र लियान्ड्रो ट्रोसार्डले एक–एक गोल गरे । लिभरपुलले एक गोल पनि आर्सनलको आत्मघाती गोलबाट पाएको थियो ।

खेलको १४ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा आर्सनलका गाव्रियलले आत्मघाती गोल गर्न पुगेपछि लिभरपुल १–१ गोलको बराबरीमा आयो ।

यता, ६७ औं मिनेटमा लिभरपुलका गोलकिपर एलिसन बेकर र डिफेन्डर भ्यान डाइकबीच तालमेल नमिल्दा लिभरपुलले गोल खान पुग्यो । उनीहरुबीचबाट फुत्किएको बललाई सदुपयोग गर्दै मार्टिनेलीले गोल गरे ।

आर्सनल २–१ गोलले अघि बढ्यो । यस्तै इन्जुरी समयमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । ८८ औं मिनेटमा लिभरपुलका इब्राहिम कोनाटेले रातो कार्ड खान पुगे । उनले आर्सनलका काई हाभेटर््जलाई खराब ट्याकल गरेपछि रेफ्रिले दोस्रो पहेँलो र रातो कार्ड देखाए ।

जितसँगै आर्सनल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको लिभरपुलको २३ खेलबाट ५१ अंक रहँदा आर्सनलको समान खेलबाट ४९ अंक छ । दुई खेल कम खेलेको म्यान सिटी ४६ अंकसहित तेस्रो स्थानमा छ ।