२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुका पौडेल इन्डियन आइडलबाट आउट



अ+ अ-

काठमाडौं: भारतको चर्चित रियालिटी शो इन्डियन आइडलबाट नेपाली गायिका मेनुका पौडेल आउट भएकी छिन् ।

शनिबार आफ्नो प्रस्तुतिका क्रममा बिचमै गीतको बोल बिर्सिएर संकटमा परेकी पौडेल आज दर्शकले दिएको भोटका आधारमा सबैभन्दा कम भोट पाउँदै टप १० बाट बिदा भएकी हुन् ।

यद्यपी शनिबारको प्रस्तुतिका क्रममा गीतको बोल बिर्सिएपछि निर्णायकहरुले पनि पटक पटक यस्तो गल्ती क्षम्य नहुने चेतावनी दिएका थिए । उनीहरुले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेकाले विशेष सावधानी अपनाउन र अरु गायक गायिकालाई अन्याय हुन दिन नहुने बताएका थिए ।

प्रतियोगितामा विशेष खुवीका साथ गायन प्रस्तुत गर्दै आएकी पौडेलको गायकी निकै सुन्दर रहेको भन्दै सर्वत्र प्रशंसा हुँदै आएको थियो । तर यसपटक उनलाई भाग्यले साथ दिएन ।

उनले यसअघि भारतीय चलचित्र सलारमा गीत गाएर प्रभाव छाडिसकेकी छिन् ।