११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडासँगको सिरिज र लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । आउँदो साता क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

प्रशिक्षक मोन्टी देशाईले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका छन् । क्यानडाविरुद्ध सिरिजमा युवा खेलाडी र नयाँ अनुहार अटाएका छन् भने लिग–२ को लागि बलियो टोलीको घोषणा गरिएको छ ।

नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ । त्यस्तै फेब्रुअरी १५ देखि २४ सम्म नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग–२ को पहिलो त्रिकोणात्मक सिरिज हुनेछ ।

क्यानडा सिरिजः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल शाह

लिग–२ त्रिकोणात्मक सिरिजः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल

वैकल्पिकः प्रतिस जिसी, देव खनाल, अनिल शाह, विवेक यादव