• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८३ रनले हरायो, सिरिजमा २–० को अग्रता



काठमाडौँ । सिड्नीमा जारी दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८३ रनले पराजित गरेको छ । वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो ।

अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनायो । जवाफमा वेस्ट इन्डिज ४३.३ ओभरमा १७५ रनमा अलआउट भयो ।

दुई टोलीबीच तीन खेलको एकदिवसीय शृंखला हुँदैछ । अष्ट्रेलियाले लगातार दोस्रो खेल जित्दै सिरिजमा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल फेब्रुअरी ६ मा क्यानबेरामा हुनेछ ।

अष्ट्रेलियाका लागि शान एबोटले सर्वाधिक रन बनाए । उनले ६३ बलमा ६९ रनको इनिङ खेले । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे । उनी बाहेक म्याथ्यु शर्टले ५५ बलमा ४१ रनको इनिङ खेले ।

वेस्ट इन्डिजका गुडाकेश मोतीले ३ विकेट लिए । रोमारियो शेफर्ड र अल्जारी जोसेफले २–२ विकेट लिए । म्याथ्यु फोर्ड र ओशाने थोमसले एक–एक विकेट लिए ।

अष्ट्रेलियाको शीर्ष क्रम पूर्ण रूपमा असफल भयो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका ओपनर जेक फ्रेजर १० रन बनाएर आउट भए, जोस इन्ग्लिस ९ रन बनाएर, क्यामरुन ग्रीन ३० रन बनाएर र स्टिभ स्मिथ ५ रन बनाएर आउट भए ।

वेस्ट इन्डिजको सुरुवात खराब रह्यो । ओपनर एलेक एथानोज ११ रन बनाएर प्याभिलियन फर्किए भने जस्टिन ग्रीभ्सले ८ रन बनाए । योसँगै जोन ओटलीले ८ रन मात्र बनाउन सके । कप्तान शाई होप र केसी कार्टीले ५३ रनको साझेदारी गरे । होप २३ रन बनाएर आउट भए । कार्टीले पनि ४० रन मात्र बनाउन सके, जुन टोलीका लागि सर्वाधिक हो ।

रोस्टन चेजले २५ रन, रोमारियो शेफर्डले ६ रन, म्याथ्यु फोर्डले ७ रन र अल्जारी जोसेफले १९ रन बनाउन सके । अन्त्यमा ओशन थोमर ७ रन बनाएर आउट भए भने गुकेश मोती ७ रनमा अविजित रहे ।

अष्ट्रेलियाका लागि बलिङ गर्ने सबै बलरले विकेट लिए । जोस हेजलवुड र शान एबोटले सर्वाधिक ३–३ विकेट लिए । विल सुदरल्याण्डले २ तथा आरोन हार्डी र एडम जाम्पाले १–१ विकेट लिन सफल भए ।