• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

दक्षिण अफ्रिकाविरुद्ध केन विलियम्सनको कीर्तिमानी शतक



एजेन्सी । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको दुई खेलको टेष्ट सिरिजको पहिलो खेल बे ओभलमा जारी छ । यस खेलको पहिलो दिनको खेलमा न्युजिल्याण्डको टोलीले धमाकेदार सुरुवात गरेको छ ।

टोलीका अनुभवी ब्याट्सम्यान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । पहिलो दिनको खेल सकिएसम्म विलियम्सन अविजित रहे । उनले १५ चौकाको मद्दतले ११२ रन बनाए र आफ्नो टेस्ट करियरको ३० औं टेस्ट शतक बनाए । यसै क्रममा उनी महान क्रिकेटर सचिन तेन्दुलकरको विशेष क्लबमा प्रवेश गरेका छन् ।

केन विलियम्सन आफ्नो ३०औँ टेस्ट शतक बनाउने न्यूजिल्याण्डका पहिलो ब्याट्सम्यान बनेका छन् । उनले आइतबार आफ्नो १६९ औं इनिङ्समा यो कीर्तिमान बनाएका हुन् ।

यो उनको दक्षिण अफ्रिकाविरुद्ध तेस्रो शतक र घरेलु टेस्ट क्रिकेटमा १७ औं शतक थियो । विलियम्सनले रिकी पोन्टिङ (१७० इनिङ्स), सुनिल गावस्कर (१७४ इनिङ्स)लाई पछि पारे जसले आफ्नो ३० औं टेस्ट शतक उनीभन्दा धेरै इनिङ्समा बनाएका थिए ।

विलियम्सनले आफ्नो ३०औँ टेस्ट शतक बनाएर मास्टर ब्लास्टर सचिन तेन्दुलकर, स्टिभ स्मिथ र म्याथ्यू हेडनको क्लबमा प्रवेश गरेका छन् । स्टिभ स्मिथको नाम टेस्टमा सक्रिय खेलाडीको ब्याटबाट सबैभन्दा धेरै टेस्ट शतक बनाउने मामिलामा छ । उनले अहिलेसम्म ३२ शतक प्रहार गरिसकेका छन् । यसपछि केन विलियम्सनको नाममा ३० टेस्ट शतक छ । जो रुटको नाम ३० शतकसहित चौथो स्थानमा छ ।

योसँगै केन विलियम्सन न्युजिल्यान्ड टोलीका लागि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्, जसले यस ढाँचामा अहिलेसम्म ८३०० रन बनाएका छन् । उनीपछि रस टेलर ७६८३ रन बनाएर दोस्रो स्थानमा छन् ।